१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेशनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमसिङ्घेलाई ‘डिहाइड्रेसन’को समस्या देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकाले उनलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।’

गम्भीर जटिलताबाट बच्नका लागि उनलाई चिकित्सकको निगरानीमा राखिएको उनले बताए । ‘पूर्वराष्ट्रपति विक्रमसिङ्गेलाई उच्च रक्तचापसँगै मधुमेहको समस्या पनि रहेको छ,’ उनले भने ।

विक्रमसिंघेको अहिले अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई श्रीलङ्काको मुख्य सरकारी अस्पतालमा लगिएको कारागारका प्रवक्ताले जानकारी दिएका छन् ।

जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेलाई भेट्न पुगेका विपक्षी सांसदहरूले विक्रमसिङ्घेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

विपक्षी दलहरूले उनी फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले उनलाई हिरासतमा लिएको आरोप लगाएका छन्।