१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउँदा ४०० भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार गिलगिट–बाल्टिस्तानको उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ ।

मौसम विभागले शनिबार सम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालयहरू बन्द रहेका छन् ।

सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताए ।

दुई जिल्लामा वर्षाका कारण ४० देखि ५० वटा घरहरू क्षतिग्रस्त भएको प्रान्तीय विपद् अधिकारी मुहम्मद युनसले बताए ।

गत बिहीबारदेखि अफगानिस्तानको सिमानामा रहेको पहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा ३५० जनाभन्दा बढीको मृत्यु भएको छ ।​

अधिकारीहरू तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँहरूमा दर्जनौं बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको जनाएका छन् ।

राहत शिविरहरू स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा रासन पनि दिइरहेका सेनाका कर्नल इरफान अफ्रिदीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यसैबीच अधिकारीहरूले सेप्टेम्बरको मध्य सम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।

अधिकारीहरूका अनुसार यस वर्षाको सिजन शुरू भएदेखि वर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ ।

मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणामस्वरूप लगभग १,७०० जनाको मृत्यु भएको थियो ।