१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । नाइजेरियाको सोकोटो राज्यमा आइतबार डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् । १० जनालाई जीवितै उद्धार गरिएको छ ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गर्न तत्कालै आफ्नो प्रतिक्रिया टोली पठाएको छ ।

नेमाका अनुसार डुङ्गा ५० जनाभन्दा बढी यात्रु लिएर गोरोन्यो बजारतर्फ गइरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।​

नेमाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, एजेन्सीकी महानिर्देशक जुबैदा उमरले दुर्घटनाको जानकारी पाएलगत्तै उद्धार कार्य सक्रिय पारेका थिए । अहिलेसम्म करिब १० जनालाई उद्धार गरिएको छ भने ४० भन्दा बढी अझै बेपत्ता रहेका छन् ।

नेमाले स्थानीय अधिकारी, सुरक्षाकर्मी र आपत्कालीन उद्धारकर्तासँग मिलेर खोजी अभियानलाई तीव्र बनाएको छ । एजेन्सीले प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने र नियमित अपडेट दिने प्रतिबद्धता जनाएको छ ।

यसअघि पनि नाइजेरियामा यस्ता दुर्घटनाहरू भइरहेका छन् ।

सन् २०२४ डिसेम्बरमा बेन्यु राज्यमा भएको डुङ्गा दुर्घटनामा ७६ मध्ये ४९ जनाको उद्धार गरिएको थियो भने तीन जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा बाँकी २३ जना अझै बेपत्ता थिए ।