१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो ।

ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।

दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप चार जनाको ज्यान गएको छ ।

त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको बास्सालले बताउनुभयो । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् ।

इजरायली सेना हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गर्दैछ ।

एक सातादेखिको यो अपरेसनले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।

संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् ।

इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन गहिरिँदै गएको हो ।