१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । एयर क्यानडाले आफ्ना दैनिक एक लाख ३० हजार यात्रुहरूको ग्रीष्मकालीन यात्रालाई कर्मचारीहरूको आन्दोलनका कारण पर्न गएको व्यवस्थापकीय समस्या देखाउँदै उडानहरू स्थगित गरेको छ । एयर क्यानडाले शनिबार सयौं उडानहरू रद्द भएको जानकारी दिएको छ। 

विश्वका १८० शहरमा सिधै उडान भर्ने क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्सले एयर क्यानडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानडा रुजको टिकट काटिएको भए पनि उडानहरू रद्द भएकाले सेवाका लागि अर्को सूचना नभएसम्म विमानस्थलमा नजान आग्रह गरेको छ ।

यद्यपि, यो निर्देशन तेस्रो पक्षद्वारा सञ्चालित एयर क्यानडा एक्सप्रेसको सेवा आन्दोलनका कारण प्रभावित हुने छैन।

एयर क्यानडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हडतालले ग्राहकमा पारेको असरप्रति एयर क्यानडा गहिरो खेद प्रकट गर्दछ ।’

एयर क्यानडाका १० हजार उडान कर्मचारी प्रतिनिधित्व गर्ने ‘क्यानेडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयूपीई)ले स्थानीय समयअनुसार शनिबार राति १२ः५८ बजेदेखि हडतालको औपचारिक शुरूवात भएको जनाएको छ।

यसको जवाफमा एयर क्यानडाले सीयूपीईसँग सम्बन्धित ‘चालक दलका सदस्य’ को हाजिरीकोे निरन्तरताबारे प्रश्न उठाएको छ । एयर क्यानडाले कर्मचारीहरूलाई भुक्तानी विवादको कारण गतिरोधको समयमा काम नगर्न भनेको छ ।

एयर क्यानडाले सम्भावित श्रम कार्यअघि बिस्तारै सेवा सञ्चालन बन्द गरिरहेको थियो।

शुक्रबार राति ८ बजेसम्ममा एयरलाइन्सले ६२३ उडान रद्द गरेको र एक लाखभन्दा बढी यात्रु प्रभावित भएको जनाएको छ । यसको दैनिक ७०० उडान तालिका शनिबारका लागि रद्द गरिएको छ ।