बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
डाक्टर बिना सीमा (एमएसएफ)का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो ।
एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।
गत वर्षदेखि साउन २७ सम्म देशभर हैजाका ९९ हजारभन्दा बढी शङ्कास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन् ।
साफ पानीको अभावले महामारी थप भयावह
हैजा प्रदूषित खानेपानी मार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ ।
समयमै उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा रहन्छ । यद्यपि, यो रोग नून पानी घोल र औषधिको सहायताले सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।
तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवा पहुँचबाट वञ्चित भएकाले रोग फैलन सजिलो भएको एमएसएफले जनाएको छ ।