१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता भएका छन् । उनीहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता गरिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई स्वदेश फर्कन जुलाई ३१ को समयसीमा तय गरेको थियो ।

कागजातविहीन अफगानविरुद्ध कारबाही गर्न प्रहरी, एफआईए र जिल्ला प्रशासन मिलेर संयुक्त टोली गठन गरिएको डनले जनाएको छ ।

मङ्गलबार क्वेटा डिभिजनका आयुक्त शाहजेब खान काकरको अध्यक्षतामा बसेको बैठकमा प्रान्तमा रहेका अवैध अफगानहरूमाथि चलिरहेको दमनको समीक्षा गरिएको थियो ।

अधिकारीहरूले अवैध अफगानहरू विरुद्धको कारबाहीलाई गति दिन एजेन्सीहरूबिच समन्वय गरिएको जानकारी दिएका छन् ।

आयुक्तले कागजातविहीन अफगानहरूलाई लक्षित कारबाही सञ्चालन गरी अवैध बासिन्दाहरूको बैङ्क खाता र मोबाइल सिमहरूको रेकर्ड सङ्कलन गर्न निर्देशन दिएका थिए ।

उनले अपरेसनको क्रममा महिला र बालबालिकाको सम्बन्धमा विशेष ध्यान राख्न निर्देशन दिँदै सबै विभागहरूलाई अफगानिस्तानमा सबै अवैध अफगानहरूको फिर्तीका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे ।

पाकिस्तानी सेनाले क्वेटा डिभिजनमा अवैध अफगानहरू विरुद्धको कारबाहीमा बलुच लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरूसहित ५० जना आतङ्ककारीहरूलाई मारेको दाबी गरेको छ ।