१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। करिब ४० बर्ष अघि १९८५ अगष्ट १२ तारिख जापानको हानेदा अन्तराष्ट्रिय विमानस्थलबाट ओसाका लागि जापान एयरको ओसाकाका लागि उढेको थियो।

जापान एयरलाइन्सको बोइङ 747SR–46 बिमान उडान भरेको १२ मिनेटमै प्राबिधिक समस्यामा पर्र्यो। सामान्य रुपमा उढिरहेको उक्त विमानको पुच्छर तिरको भाग अकस्मात बिष्फोट भयो। पाछाडिको प्रेसर बल्खेडको मर्मत गर्दा त्रुटि भएका कारण हाइड्रोलिक प्रणाली पूर्ण रूपमा अबरुद्द हुँदा विमान करिब ३२ मिनेट अनियन्त्रित भएर आकाशमा उढिरह्यो।

पाइलटहरुको अथक प्रयासका बाबजुत उक्त बिमान गुम्मा प्रान्तको ताकामागाहारा पर्वतमा ठोकिन पुग्यो र इतिहासकै सबैभन्दा घातक विमान दुर्घटनामा रूपान्तरण भयो । उक्त विमानमा चालक दलका सदस्य सहित ५२४ यात्रु थिए।

दुर्घटनास्थल दुर्गम पहाडी क्षेत्रमा भएकाले १४ घण्टा पछि मात्रै उद्दार टोली घटनास्थलमा पुगेको थियो। ‘हामी घटनास्थल भोलिपल्ट मात्रै पुगेका थियौं, त्यहाँ पुग्दा दुर्घतानाग्रस्थ बिमान जलिरहेको थियो’ उद्दार कार्यमा खटिएका ओखाबे तोसियाले भनेका छन्।

‘हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ पनि थिएन, हामी डोरीको सायताले बिमान खसेको ठाउँमा हेली बाट ओर्लियौं’ जापानी संचार माध्यमसंगको अन्तर्वार्तामा ओखाबे तोसियाले भनेका छन् ‘भुइमा ओर्लिदा मृतकको कानमा कुल्चिन पुंगे, मेरा लागि त्यो जिन्दगिको नमिठो अनुभव थियो।’

उनका अनुसार घटनास्थलमा मृतकका शरीर टुक्रा टुक्रा भएका थिए। यस्तो अबस्थामा पनि ४ जनाको जिवितै उद्दार गरिएको थियो भने ५२० जनाले ज्यान गुमाएका थिए।

दुर्घटनापछि जापान एयरलाइन्सको यात्रु संख्या र विश्वसनीयतामा ठुलो असर पर्यो। कम्पनीका अध्यक्षले राजीनामा दिए, र एक वरिष्ठ इन्जिनियरले आत्महत्या समेत गरे। यस घटनाले जापान मात्र होइन, विश्वभर हवाई सुरक्षा सुधारको चेतना जगायो।

आजको स्मरण
४० वर्षपछि पनि, गुम्मा प्रान्तको ओसुता्का रिजमा पीडितका परिवारजन र सर्वसाधारण भेला हुन्छन्। फूल चढाउने, मौन प्रार्थना गर्दै आफ्ना प्रियजनलाई सम्झन्छन्।

श्रोत : जापानी संचार माध्यमहरु