बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इजरायलको हवाई आक्रमणमा अलजजीराका पाँच जनासहित छ पत्रकारले ज्यान गुमाएका छन् । गाजास्थित अल-शिफा अस्पतालमा इजरायलले गरेको आक्रमणमा उनीहरू मारिएका जनाइएको छ ।
संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर, मोआमेन अलिवा, सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका अलजजिराले जनाएको छ ।
रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)का अनुसार सोही आक्रमणमा परेर थप ३ जना पत्रकार घाइते भएका छन् ।
पत्रकार शरीफले ‘हमास’को आतंकवादी सेलको प्रमुखको रूपमा काम गरेको आरोप लगाउँदै इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हवाई आक्रमण गरेको स्वीकार गरेको छ । आईडीएफले टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रूपमा काम गरिरहेका थिए ।’
उनीहरू मारिएको विरोधमा विभिन्न स्थानमा प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार, २०२३ को अन्त्यतिर इजरायलको गाजामाथिको युद्ध शुरू भएदेखि हालसम्म कम्तीमा २३८ जना पत्रकार मारिएका छन् ।