१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको मौसम विज्ञान एजेन्सीले क्युसु क्षेत्र र यामागुची प्रान्तमा लगातार भइरहेको भारी वर्षाका कारण पहिरो, नदी बाढी तथा तल्लो भूभाग डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ।

एजेन्सीका अनुसार, आइतबार फुकुओका र यामागुची प्रान्तमा ‘लाइनियर प्रिसिपिटेसन जोन’ (एकै ठाउँमा लगातार वर्षा गराउने भीषण वर्षा बादलको पट्टी) बनेको छ।

यसका साथै, सागा, नागासाकी, कुमामोटो, ओइता, मियाजाकी र कागोशिमा प्रान्तमा पनि सोमबार बिहानसम्म यस्तै वर्षा हुने सम्भावना रहेको चेतावनी दिइएको जापान टाइम्सले जनाएको छ ।

देशका अन्य थुप्रै भागमा पनि आइतबार त्सुसिमा जलडमरूमध्यदेखि सानिन क्षेत्र हुँदै कान्तो क्षेत्रसम्म फैलिएको स्थिर मौसमी रेखाका कारण वर्षा भएको छ।

भारी वर्षा र जोखिमका कारण फुकुओका प्रान्तको फुकुओका, किताक्युसु र मुनाकाता शहरमा, साथै यामागुची प्रान्तको यामागुची र सिमोनोसेकी शहरमा स्थानान्तरण आदेश जारी गरिएको छ।

पश्चिम जापान रेलवेले आइतबार दिउँसोदेखि हिरोशिमा र हाकाता स्टेशनबीचको सबै सान्यो शिन्कान्सेन रेल सेवा दिनभरका लागि स्थगित गरेको छ।