बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मलेसियामा उपभोक्ताहरू किनमेलका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तीव्र रूपमा आकर्षित भइरहेका छन् ।
हालै सार्वजनिक ‘आद्येन खुद्रा प्रतिवेदन २०२५’ अनुसार, ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा एआईको सहारा लिन्छन्, जुन दर विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो।
सर्वेक्षणका अनुसार, मलेसियाली उपभोक्ताहरू नयाँ बस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन र निर्णय गर्न एआई प्रयोग गर्छन् । ७१ प्रतिशतले भोजन, लुगा र अन्य सामान छनोटमा यसले मद्दत गरेको बताएका छन् भने ६९ प्रतिशतले नयाँ सामग्री र ब्रान्ड चिन्न सहयोग पुर्याएको बताएका छन् ।
यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको आदर्श बस्तुको सुझाव एआईबाट पाएको बताएका छन् । साथै, ६० प्रतिशत उपभोक्ताले भविष्यमा एआईमार्फत सिधै सामान खरिद गर्ने इच्छा व्यक्त गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘हामी सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौं । निकट भविष्यमा एआई व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ- जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत सल्लाह दिने कार्य गर्नेछ।’