१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको बेरोजगारी दर लगातार ४ महिना २.५ प्रतिशतमै स्थिर रहेको छ ।

देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ ।

रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ ।​ 

बेरोजगारमध्ये आठ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि हो ।

त्यसैगरी, कम्पनीबाट हटाइएका व्यक्तिहरूको संख्या घटेर तीन लाख ५० हजारमा पुगेको छ, जुन १४.६ प्रतिशतले कम हो ।

स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको छुट्टै विवरणअनुसार, रोजगारीको उपलब्धता दर ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ । यसले प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि १२२ रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ ।

एक सरकारी अधिकारीका अनुसार, केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्क (टैरिफ) को प्रभाव अझै स्पष्ट नभएको भन्दै नयाँ कर्मचारी भर्ना प्रक्रियामा संकोच देखाएका छन् ।