बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपतिले फारसी क्यालेन्डरअनुसार शरद ऋतुको पहिलो महिना अक्टुबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम शुरू हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताए ।
‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौं, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,’ पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भने ।
इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ ।
राष्ट्रिय स्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।
तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीका अनुसार शहरलाई आपूर्ति गर्ने जलाशयहरूको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।
अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्याङ्की र पम्पहरू जडान गर्न र पानीको संरषण गर्न आग्रह गरेका छन्।
धेरै घरधुरीले हालैका हप्ताहरूमा बारम्बार खानेपानीको आपूर्तिमा समस्या भएको जनाएका छन् ।