बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । रुसको कामचटकामा विश्वको छैटौं ठूलो भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी)का अनुसार, भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड थियो । बुधबार बिहान गएको भूकम्पको केन्द्रविन्दु जमिनबाट १९.३ किलोमिटर गहिराइमा रहेको यूएसजीसीले जनाएको छ ।
यसअघि बिहान शुरूमा ८ र त्यसपछि ८.७ म्याग्निच्युडको भूकम्प भनिएको थियो । तर पछि त्यसलाई सच्याएर ८.८ म्याग्निच्युडको रहेको जानकारी दिइएको छ ।
यसलाई पछिल्लो दशकको सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ।
भूकम्पपछि कामचटकामा ४ मिटर अग्लो सुनामी आएको र धेरै भवनहरूमा क्षति पुगेको जनाइएको छ। जापानमा १ फिट उचाइका छालहरू आएपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने फुकुशिमा आणविक रिएक्टर खाली गरिएको छ।
जापान मौसम विभागले छालहरूको उचाइ अझै बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। सेन्डाई अन्तर्राष्ट्रिय विमानस्थल र केही फेरी सेवा बन्द गरिएका छन्।
यस घटनापछि पेरु, इक्वेडर, गालापागोस टापु र चीनमा समेत सुनामीको चेतावनी जारी गरिएको छ। यद्यपि ती क्षेत्रहरू केन्द्रविन्दुबाट हजारौं किलोमिटर टाढा भए पनि सावधानी अपनाइएको छ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले नागरिकलाई उच्च स्थानमा बस्न आग्रह गरेका छन्।