बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६ छेत्पाबाट सम्पर्कविहीन भएका उर्मिला हायूको परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् ।
उनीहरू कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौँडाका दुई घरमा बसिरहेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
उर्मिला हायूसहित अस्मिता हायू, लालबहादुर हायू, ओमकुमारी हायू, कमला हायू, शान्ता हायू, बेगबहादुर हायू, अर्जुन हायू, कोमलमाया हायू, राजु हायू, लक्की हायू, रियाशा हायू, उषा हायू, हिमाल हायू, सुवर्ण हायू र पूर्ण हायू सोमबार राति पोखरामा फेला परेका हुन् ।
एकै परिवारका १६ जना सदस्य बेपत्ता भएको सूचनापछि सोमबार दिनभर स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयले खोजी शुरू गरेका थिए ।
उनीहरूले साउन १० गते राति १ बजे आफ्नो थातथलो छाडेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय, सिसुवा कास्कीका प्रमुख श्रवण विकका अनुसार उनीहरू सिन्धुली फर्किन चाहेका छैनन् ।
केटाकेटी बिरामी परिराख्ने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले सिन्धुली फर्किन नचाहेको बताएका छन् ।
उनीहरू खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए ।