२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । ​टर्कीलाई विगत १ हप्तादेखि घेरेको डढेलो आइतबार बिहान सबेरै देशको चौथो ठूलो शहरसम्म फैलिँदा सयौं मानिस आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्।​

उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि शहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो ।​

बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए ।

बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो ।

प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले यस दृश्यलाई ‘प्रलय’ भनेका छन् ।

बिहान हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो र उनीहरूले आगो निभाउने प्रयास जारी राखे तर टेलिभिजनको फुटेजले पहिले खेत र सल्लाका जङ्गलहरू रहेको क्षेत्रमा अब खरानीमय भूदृश्य देखाएको छ।

टर्की जुनको अन्त्यदेखि दैनिक दर्जनौं डढेलोको चपेटामा परेको छ । वनमन्त्री इब्राहिम यमुक्लीले शनिबार देशभरका अग्नि नियन्त्रकहरूले ७६ वटा छुट्टै आगलागीको सामना गरेको बताएका थिए ।

बेमौसमी उच्च तापक्रम, सुक्खा अवस्था र कडा हावाले गर्दा आगो लागेको हो ।

टर्कीको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम ५०.५ डिग्री सेल्सियस (१२२.९ डिग्री फरेनहाइट) रेकर्ड गरिएको छ । जुलाईमा सबैभन्दा बढी तापक्रम अन्य १३२ स्थानमा देखिएको छ ।