२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजामा झण्डै एकतिहाई मानिसहरू भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता कार्यक्रम वर्ल्ड फूड प्रोग्राम (डब्लूएफपी)ले जनाएको छ ।

साथै डब्लूएफपीले उक्त क्षेत्रमा कुपोषण बढ्दो र भयावह अवस्थामा रहेको जनाएको छ । ‘कुपोषण भयावह रूपमा बढ्दो छ, झण्डै ९० हजार महिला तथा बालबालिका तत्काल उपचारको खाँचोमा छन्’, डब्लूएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।​

गाजामा भोकमरीको जोखिमबारे चेतावनीहरू पछिल्ला दिनहरूमा झन् गम्भीर बनेका छन् । गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप ९ जनाको कुपोषणका कारण मृत्यु भएको छ। योसँगै युद्ध शुरू भएयता कुपोषणबाट ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ।​

इजरायलले भने गाजामा राहत सामग्री पठाउन कुनै रोक नलगाइएको दाबी गर्दै आएको छ । त्यसले भोकमरीको जिम्मेवारी हमासलाई दिएको छ। इजरायली सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिँदै निकट भविष्यमा हवाईमार्फत खाद्यान्न पठाउन अनुमति दिन सकिने संकेत दिएका छन्।

तर सहायता संस्थाहरूले हवाईमार्फत राहत पुर्‍याउने तरिका प्रभावकारी नहुने बताउँदै आएका छन् । यद्यपि, संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले खाद्यान्न हवाईमार्फत पुर्‍याउने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका बीबीसीले लेखेको छ ।

तर बीबीसीलाई जोर्डनका एक वरिष्ठ अधिकारीले जानकारी दिँदै इजरायली अनुमति अझै प्राप्त नभएको बताएका छन् ।​

यसबीच, संयुक्त राष्ट्रसंघले यस्तो राहत रणनीतिलाई ‘इजरायली सरकारको निष्क्रियतालाई ढाकछोप दिने उपाय’ भन्दै आलोचना गरेको छ।