बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । न्यूयोर्कस्थित प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले यहुदी विद्यार्थीहरूको संरक्षण गर्न असफल भएको आरोपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग २०० मिलियन डलर तिर्ने सहमति गरेको छ। विश्वविद्यालयले यो रकम तीन वर्षभित्र अमेरिकी संघीय सरकारलाई बुझाउनेछ।
यो सहमति कोलम्बिया विश्वविद्यालय र संघीय सरकारले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। यसबापत अमेरिकी सरकारले मार्चमा रोकिएको वा कटौती गरिएको ४०० मिलियन डलर बराबरको अनुदानमध्ये केही पुनः उपलब्ध गराउने भएको छ।
गत वर्ष इजरायल-गाजा युद्धको सन्दर्भमा कोलम्बियाको क्याम्पसमा भएको प्रदर्शन र त्यसपछिको यहुदी विरोधका घटनाले विश्वविद्यालय विवादमा तानिएको थियो। ट्रम्प प्रशासनले यस्तो घटनामा पहिलोपटक विश्वविद्यालयलाई प्रत्यक्ष रूपमा जिम्मेवार बनाउँदै कारबाही गरेको थियो।
शिक्षा मन्त्री लिन्डा म्याक्मोहनले यो सहमतिलाई ‘विश्वविद्यालयहरूलाई उत्तरदायी बनाउने दिशामा ऐतिहासिक मोड’ भनेकी बीबीसीले जनाएको छ ।
कोलम्बियाकी कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले ‘संघीय छानबिन र अन्योलपूर्ण अवस्थाबाट अघि बढ्न यो सम्झौता महत्त्वपूर्ण कदम हो’ भन्ने प्रतिक्रिया दिएकी छन्।