२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानमा मनसुनी वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

देशभर भएका अविरल वर्षा, आकस्मिक बाढी र वर्षासम्बन्धी विभिन्न घटनाहरूका कारण अहिलेसम्म कम्तीमा दुई सय एक्काइस जनाले ज्यान गुमाएका छन् भने ५ सय ५२ जनाभन्दा बढी घाइते भएका छन् ।

यो विवरण पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो।

यो तथ्याङ्क जुन २६ देखि जुलाई २१ सम्मको अवधिमा संकलन गरिएको हो। पछिल्लो चौबीस घण्टा मात्रै पाँच जनाको मृत्यु र दश जना घाइते भएको जनाइएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वी पञ्जाब प्रान्त रहेको छ, जहाँ एक सय ३५ जनाको मृत्यु र चार सय सत्तरी जनाभन्दा बढी घाइते भएका छन्।

त्यस्तै, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा छयालीस जनाले ज्यान गुमाएका छन् र उनहत्तर जना घाइते भएका छन्।

दक्षिणी सिन्ध प्रान्तमा दुई सय जनाभन्दा बढी प्रभावित भएका छन्, जसमा दुई सय बाइस जनाको मृत्यु भएको र चालीस जना घाइते भएका छन्। बलुचिस्तान प्रान्तमा पनि सोही कारणले सोलह जनाको मृत्यु र चार जना घाइते भएका छन्।

उत्तरी गिलगिट–बल्तिस्तान क्षेत्रमा भने कुनै मृत्यु भएको छैन, तर तीन जना घाइते भएको पुष्टि गरिएको छ।