२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको परिसरमा सोमबार चिनियाँ निर्मित एफ–७ बीजेआई लडाकु विमान खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् भने १०० भन्दा बढी घाइते भएका छन्।

विमान दिउँसो १ बजे प्रशिक्षण उडानमा निस्किएपछि केही समयमै दुर्घटना भएको हो। ८३ जना अझै अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि आगलागी भएको थियो भने उद्धारमा सेना र दमकलकर्मी खटिएका थिए।

सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले यो घटनालाई अपूरणीय क्षति भन्दै दुःख व्यक्त गरेका छन् । यो दुर्घटना पछिल्लो दशककै गम्भीर मानिएको छ।