२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक अवैध सुन खानीमा फसेका १८ जना मजदुरको सफलतापूर्वक उद्धार गरिएको छ ।

राष्ट्रिय खानी निकायका अनुसार १२ घण्टासम्म सञ्चालन गरिएको आपत्कालीन उद्धार कार्यपछि सबै मजदुरलाई सकुशल बाहिर निकालिएको हो ।

ती मजदुरहरू झण्डै १८ घण्टासम्म खानीभित्र फसेका थिए । उद्धारपछि उनीहरू नीलो पोशाक र पहेँलो सुरक्षात्मक हेल्मेटमा एक/एक गर्दै बाहिर निस्कँदा, माथिल्लो भागमा प्रतिक्षारत सहकर्मीहरूले उनीहरूलाई आत्मीय स्वागत गरेका थिए । टेलिभिजन फुटेजमा मजदुरहरूलाई ऊर्जा पेय प्रदान गरिएको देखिएको छ ।

दुर्घटना एन्तिओकिया प्रान्तको रेमेडियोस नगरस्थित खानीमा भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, पहिरोबाट जोगाउन बनाइएको संरचना बिग्रिएर खानीको मुख्य मार्ग अवरुद्ध भएपछि मजदुरहरू भित्र फसेका थिए । घटनास्थलमा उद्धारकर्मीहरू टर्चको सहायताले खोजीमा संलग्न रहेका दृश्यहरू राष्ट्रिय खानी निकायले सार्वजनिक गरेको छ ।​

रेमेडियोस क्षेत्र खानीजन्य कार्यका लागि परिचित मानिन्छ । यहाँ उत्खनन गरिएको सुन केही सशस्त्र समूह आर्थिक स्रोतका रूपमा समेत प्रयोग हुने गरेको छ । उक्त समूह लागुऔषध कारोबारमा संलग्न रहेको बताइन्छ ।

कोलम्बियामा खानी दुर्घटना बारम्बार हुने गरेका छन् ।