१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानमा जुनमा चामलको मूल्य गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको छ । यो तथ्याङ्कले यही सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।​

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन् ।

चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो ।

समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो ।

ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ ।

यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ ।

अक्टोबरमा उनको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो ।

यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।