बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। आक्रमण बजार, पानी वितरण केन्द्र तथा शरणार्थी शिविरमा लक्षित गरिएको थियो।
नुसेरात शिविरमा पानीको धारा नजिक ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जनाको, गाजा सिटीको बजारमा ११ जनाको र सागरकिनारको पालमाथि तीन जनाको ज्यान गएको जनाइएको छ।
स्थानीयहरूले बिहानै ठूलो विस्फोटले घर ध्वस्त भएको र बालबालिका भग्नावशेषमा पुरिएको बताएका छन्।
युद्धविराम वार्ता अड्कियो
कतारको दोहामा एक सातादेखि चलिरहेको युद्धविराम वार्ता अड्किएको छ। दुवै पक्षले वार्ता अवरुद्ध गराएको आरोप एकअर्कामाथि लगाएका छन्।
हमासले इजरायली सेना पूर्ण फिर्ती माग गरेका छन् भने इजरायलले ४० प्रतिशत गाजा क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको स्रोतले जनाएका छन्।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ यता इजरायली आक्रमणमा ५८ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। युद्ध अन्त्य अझै अनिश्चित छ।