१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । रसुवामा बाढीले ठूलो क्षति पुर्‍याएको छ। असार २४ गते राति ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार १९ जना व्यक्तिहरू बेपत्ता भएका छन्।

बेपत्तामध्ये २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । उद्धार टोलीले हालसम्म ५७ जनाको सकुशल उद्धार गरेको छ भने ९ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रहरूमा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १, २, ३), आमाछोदिङमो (वडा नं. १, ४, ५), उत्तरगया (वडा नं. २, ४, ५) र कालिका गाउँपालिकाको नाम उल्लेख गरिएको छ।

ठूलो भौतिक संरचना क्षति

बाढीका कारण नेपाल-चीन सीमा जोड्ने नाका पूर्ण रूपमा बन्द भएको छ।

प्रमुख संरचनात्मक क्षति यसप्रकार छ:

  • कन्टेनर डब्बा लोड गाडी २८ वटा बगाएको
  • ईभी चार्जिङ स्टेसन पूर्ण रूपमा बगाएको
  • ६ वटा सानो ट्रक बगाएको
  • ३५ वटा ईभी गाडी बगाएको
  • तिमुरे कास्टम, सुरक्षा चौकी भवनमा क्षति
  • रसुवागढी हाईड्रोपावरको संरचनामा समेत क्षति

घटनास्थलमा ३८३ जना प्रहरी परिचालन गरिएको छ भने उद्धार कार्य तीव्र पारिएको छ। गोसाइँकुण्ड गाउँपालिका–५ पाङसाङलाङ सडक–पैदलमार्ग जोखिमयुक्त रहेकाले गस्ती तथा उद्धार कार्यमा विशेष सावधानी अपनाइएको छ।

सरकार र सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पूर्वाधार मर्मत कार्य सञ्चालन गरिरहेको जनाइएको छ।