१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । टोकियोको तोसिमा वार्ड अन्तर्गत इकेबुकुरो क्षेत्रमा रहेको चर्चित सनसाइन सिटी सपिङ कम्प्लेक्समा एक कर्मचारीमाथि छुरा प्रहार भएको छ।

मंगलबार बिहानको घटनापश्चात् एक युवकलाई पक्राउ गरिएको जापानी सार्वजनिक प्रसारक एनएचकेले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ११:५० बजे सनसाइन सिटीबाट ‘कर्मचारीमाथि छुरा प्रहार भएको’ भनी आपतकालीन फोन आएको थियो।

आरोपित पुरुषले धारिलो हतियार देखाउँदै एक पुरुष कर्मचारीमाथि आक्रमण गरेका थिए। पीडित गम्भीर घाइते अवस्थामा अवचेतन रहेको जनाइएको छ।

घटनापछि केही समयमै आरोपित व्यक्ति आफैं चक्कु हातमै बोकी नजिकैको प्रहरी बिटमा आत्मसमर्पण गरेका थिए।

टोकियो मेट्रोपोलिटन प्रहरी विभागले तत्कालै उनलाई आपतकालीन रूपमा पक्राउ गरेको र अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।