बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैरआवासिय नेपाली संघ जापान अन्तरगतको नागोया क्षेत्रीय समन्वय परिषदको नया नेतृत्वका लागि निर्वाचन हुने भएको छ।
सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन मार्फत नया कार्यसमितिको चयन गर्न लागिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार एक जना संयोजक पदका लागि तीन जनाको उमेद्वारी परेको छ। प्रतिक कार्की (दलबहादुर), योमन देबन (राइ) र देबकुमार घिमिरेले संयोजक पदका लागि उमेद्वारी दर्ता गरेका हुन्।
त्यसैगरी उप संयोजक पदका लागि रुपेश पुन मगर, यमबहादुर पाइजा, विप्लब श्रेष्ठ, निर्मल राइ (सरकार), नबराज चापागाई र सुदिप घिमिरे गरी ६ जनाको उमेद्वारी परेको छ। निर्वाचन प्रक्रिया बाट तीन जना उप-संयोजक छानिने निर्वाचन समितिले जानकारी दियो। महिला उप-संयोजकमा भने निर्मला मिजारको मात्रै उमेद्वारी परेकाले उनी निर्बिरोध निर्वाचित भएकी छन्।
त्यसैगरी सचिब पदका लागि सागर थापा बगाले र भैरवप्रसाद अधिकारीको उमेद्वारी परेको छ। निर्वाचन प्रकिया बाट एक जना सचिब चयन गरिने निर्वाचन समितिले जनायो।
सह-सचिब पदमा भने सरोज बडाल र अनिल अधिकारी निर्बिरोध निर्वाचित भएका छन्। त्यसैगरी एक कोषाध्यक्ष पदका लागि दुइ जनाको उमेद्वारी दर्ता भएको छ। सह-कोषाध्यक्ष पदमा भने रमेश श्रेष्ठ (आरके) निर्बिरोध निर्वाचित भएका छन्।
एक युवा संयोजक पदका लागि नबराज पौडेल र कमनसिङ लामाको उमेद्वारी परेको छ। त्यस्तै १४ सदस्य पदका लागि २७ जनाको उमेद्वारी परेकोमा कमला बोहोरा मात्रै महिला सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन।
निर्बिरोध निर्वाचित भएकाहरु बाहेक अरु पदका लागि अर्को महिना चुनाबी प्रक्रिया मार्फत छिनोफानो गरिने निर्वाचन समितले जनाएको छ।