२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । चीनले वातावरणमैत्री उर्जा उत्पादन र अन्तर्देशीय विद्युत् सञ्जाल विस्तारलाई प्रोत्साहन गर्नका लागि सात वटा नयाँ अन्तर्राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ।

राजधानी बेइजिङमा आयोजित कार्यक्रममा वैश्विक उर्जा अन्तरजडान विकास तथा सहयोग संस्थाले यी मापदण्डहरू घोषणा गरेको हो।

मापदण्डहरूमा हावा, घाम र पानीबाट तयार हुने उर्जा प्रणालीको योजना कसरी बनाउने, स्रोतको मूल्याङ्कन कसरी गर्ने, उपकरणहरूको जाँच र परीक्षण कसरी गर्ने तथा एक देशबाट अर्को देशसम्म विद्युत् सञ्जाल कसरी विस्तार गर्ने भन्ने विषय समेटिएका छन्।

संस्थाका अध्यक्ष श्सिन बाओआनले यी मापदण्डहरू चीनसहित विभिन्न देशहरूमा गरिएको अनुसन्धान र सफल अभ्यासहरूको आधारमा तयार गरिएको जानकारी दिए । उनले भने, ‘यी मापदण्डहरूले स्वच्छ उर्जा विकासलाई तीव्र बनाउने र अन्तरदेशीय सञ्जाल विस्तारमा नयाँ ढोका खोल्ने छन्।’

चीनको बजार व्यवस्थापन निकायका प्रमुख  सियाओ हानले एउटै मापदण्डको प्रयोगले प्राविधिक अवरोध हटाउने, काम गर्ने प्रक्रिया सरल बनाउने र उर्जा आदानप्रदानलाई प्रभावकारी बनाउने उल्लेख गरे ।​ 

मलावीका चीनस्थित राजदूत एलन चिन्टेढ्जाले मापदण्डको प्रभाव विशेषगरी विकासोन्मुख देशहरूमा अझ बढी हुने बताए ।