बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार साँझ बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८ जनाको ज्यान गएको पुष्टि गरिएको छ । साथै, २८ जना घाइते भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार, दुर्घटना बसको टायर पञ्चर भएपछि चालकको नियन्त्रण गुम्दा भएको हो । ठोक्किएपछिको आगलागीले क्षति थप भयावह बनाएको बताइएको छ । ‘दुर्घटनामा परेका मध्ये ३६ जनाको शरीर पूर्ण रूपमा जलेकाले पहिचान गर्न कठिन भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अहिले पनि घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तान्जानियामा यस्ता घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै तान्जानियामा १३ हजार देखि १९ हजार जना मानिस सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।