२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् ।​ 

विगत एक सातामा कागजातविहीन उनीहरूलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।​

आईओएमको जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको छ ।

तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

यस अवधिमा स्वदेश फर्केका मध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि, जुन १० देखि जुन १७ को बीचमा ३२ हजार ८४४ जनालाई स्वदेश फर्काइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को यसअघिको तथ्याङ्कअनुसार जुन १ देखि जुन १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी आप्रवासी स्वदेश फर्केका छन् ।

खामा प्रेसका अनुसार दुवै निकायले भीडभाड युक्त र कम स्रोत साधन भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर चुनौतीबारे चेतावनी दिएका छन्।