२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिएको हवाई आक्रमणलाई ‘इतिहासकै सबैभन्दा सफल र साहसी सैन्य अभियान’को संज्ञा दिएका छन् ।

तर, आक्रमणको पूर्ण सफलताबारे अमेरिकी गुप्तचर निकायदेखि लिएर अन्तर्राष्ट्रिय विश्लेषकहरूले गम्भीर शंका व्यक्त गरेका छन् ।

राष्ट्रपतिले टेलिभिजनमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै भने, ‘इरानको मुख्य युरेनियम प्रशोधन केन्द्रहरू पूर्णरूपमा ध्वस्त पारिएको छ । अब उनीहरू शान्तिको बाटो रोजून्, नत्र अझ कडा कारबाही हुनेछ ।’

तर, ट्रम्पको यो दाबी यति बेला विवादको घेरामा परेको छ, जब अमेरिकी रक्षा खुफिया एजेन्सीको प्रारम्भिक रिपोर्टले आक्रमणबाट केही मात्रमा क्षति पुगेको उल्लेख गरेको छ- ‘पूर्ण विनाश’ नभएको दाबी गर्दै।

सीआईए प्रमुख जोन र्‍याटक्लिफ र राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गाबार्डले संयुक्त वक्तव्य जारी गर्दै इरानको कार्यक्रम गम्भीर रूपमा क्षतिग्रस्त भएको बताएका छन् ।

उनीहरूका अनुसार इरानका प्रमुख आणविक संरचना नष्ट भएका छन् र पुनः निर्माण गर्न वर्षौं लाग्नेछ । तर, यो वक्तव्य स्वयं ट्रम्पले गरेको ‘पूर्ण विनाश’को दाबीभन्दा कम छ ।

जमिनको सतहभन्दा सयौं फिट तल रहेको इरानको भूमिगत केन्द्र फोर्डोमा बंकर बस्टिङ बमले वास्तविक क्षति पुर्‍यायो कि पुर्‍याए, त्यसको पूर्ण प्रमाण अझै आइसकेको छैन ।

सञ्चारमाध्यम र केही डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनलाई यस विषयमा पारदर्शिता राख्न आग्रह गरेका छन् ।