बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान शुरू गरिएको जानकारी दिए ।
गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।
स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ ।