२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इरानको आक्रमणबाट अहिलेसम्म २ हजार ८३५ जना इजरायली नागरिक अस्पताल भर्ना भएका छन् । तीमध्ये २३ जना गम्भीर घाइते, १०७ जना मध्यम, २ हजार ५५५ जना सामान्य घाइते र ११९ जना मानसिक तनावमा परेका छन् ।

इरानले आइतबार बिहान पुनः आक्रमण गरेपछि इजरायलको स्वास्थ्य मन्त्रालयले ८६ जना नागरिकलाई एकैपटक अस्पताल भर्ना गरिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार, दुई जनाको अवस्था गम्भीर छ भने ७७ जनालाई सामान्य चोट लागेको छ ।

चार जना मानसिक तनाव (आतङ्क)का कारण अस्पताल भर्ना भएका छन् भने तीन जनाको अवस्था अझै मूल्याङ्कन भइरहेको छ ।

यसअघि जुन १३ मा इजरायलले इरानमाथि सैन्य कारबाही थालेको थियो । त्यसको जवाफस्वरूप इरानले इजरायलमाथि लगातार मिसाइल आक्रमण गरिरहेको छ ।

त्यस्तै आइतबार बिहान इरानले तेल अभिभको एउटा आवासीय बस्तीमा आक्रमण गर्दा करिब २० जना सामान्य घाइते भएका छन् । 

उक्त क्षेत्र विद्यालय र एक ठूलो किनमेल केन्द्र (शपिङ मल) नजिकै रहेको प्रहरीले जानकारी दिएको छ । ‘केही मिसाइलहरू आवासीय भवनमा खसेका छन् । हामी अझै भग्नावशेषमा मिसाइलका टुक्राहरू खोजिरहेका छौं र सम्भावित रूपले फसेका मानिसहरूलाई उद्धार गरिरहेका छौं,’ इजरायली प्रहरीका अन्तर्राष्ट्रिय प्रवक्ता डीन एल्सडनको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

तेल अभिभको रमात अविभ क्षेत्रमा भएको आक्रमणपछि त्यहाँको स्थिति अझै तनावपूर्ण छ । सुरक्षाकर्मीहरू सम्भावित थप आक्रमणको आशंकामा सतर्क रहन आग्रह गरिरहेका छन् ।

इजरायल–इरान तनावले मध्यपूर्वमा परिस्थितिलाई गम्भीर बनाउँदै लगेको छ, जसको असर नागरिक जीवनमा प्रत्यक्ष देखिन थालेको छ ।