२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरूमा अमेरिकी बमवर्षक विमानद्वारा आक्रमण गरिएको पुष्टि गर्दै इरानले शान्तिको बाटो नअपनाए थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले भने, ‘इरानका प्रमुख आणविक संवर्द्धन केन्द्रहरू पूर्ण रूपमा नष्ट गरिएका छन्।’ उनले थपे, ‘यदि इरानले अहिल्यै शान्तिको बाटो नअपनाए भविष्यका आक्रमणहरू अझ ठूलो र सजिलो हुनेछन् ।’​

ट्रम्पले प्रारम्भमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ‘Fordo’ नामक गहिरो पहाडमुनि रहेको युरेनियम संवर्द्धन केन्द्रमा बंकर बस्टर बम खसालिएको बताएका थिए । यसबाहेक नताञ्ज र इस्फाहान नामक आणविक स्थलहरूमा पनि आक्रमण गरिएको हो ।

‘हाम्रो लक्ष्य इरानको आणविक संवर्द्धन क्षमता ध्वस्त पार्नु र आतंकवादको प्रायोजक राष्ट्र इरानबाट उत्पन्न आणविक खतरा समाप्त गर्नु हो,’ ट्रम्पले भने ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दिएको जानकारीअनुसार ‘Midnight Hammer’ नाम दिइएको उक्त अपरेसन अन्तर्गत अमेरिकाले बी-२ स्टेल्थ बमवर्षक विमानबाट १४ वटा बंकर बस्टर बम खसालेको थियो।

साथसाथै अमेरिकी पनडुब्बीहरूबाट पनि टमहक क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

संयुक्त सैन्य प्रमुखका अध्यक्ष एयर फोर्स जनरल ड्यान केनका अनुसार, बी-२ बमवर्षक विमानहरू शनिबार बिहान मिसौरीस्थित व्हाइटम्यान एयर फोर्स बेसबाट उडाइएको थियो र इतिहासमै पहिलोपटक Massive Ordnance Penetrator बम (बंकर बस्टर) युद्धमा प्रयोग गरिएको हो ।

उनका अनुसार अर्को समूहका विमानहरू पश्चिमतर्फ उडाइएको थियो जसको उद्देश्य रणनीतिक रूपमा भुलउद्यम कायम राख्नु थियो । ती विमानहरू वास्तविक आक्रमण नभई छलावरणका लागि प्रयोग गरिएको जनाइएको छ।

हालसम्म अमेरिकी फौज कुनै आक्रमणको चपेटामा नपरेको पेन्टागनले जनाएको छ। इरानले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, यो आक्रमणसँगै अमेरिका र इरानबीचको तनाव अझ चर्किने अनुमान विश्लेषकहरूले गरेका छन् ।