२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)का समर्थकहरूबीच भएको भागदौडमा परेर तीन जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि शुरूमा एक जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो ।

तर आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।​

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रो पटक राष्ट्रिय उपाधि जितेको खुशीयालीमा समर्थकहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए ।

तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो ।

खेल ५ जुलाइ रंगशालामा भएको थियो, जहाँ एमसीए र एनसी माग्रा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । यो दुःखद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ ।