बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा ११ ए सिटमा रहेका बेलायती यात्रु जीवितै भेटिएका छन्।
चालक दलका सदस्यसहित २४२ जना सवार एयर इन्डिया दुर्घटनामा एक जना व्यक्ति बाँचेको एक प्रहरी प्रमुखले भारतीय समाचार एजेन्सीलाई बताएका छन्।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एएनआईलाई बताएअनुसार लन्डन जाने बोइङ ७८७-८ उडानमा ११ ए सिटमा रहेका एक जना बाँचेका हुन् । अधिकारीहरूले साझा गरेको उडान सूचीमा उल्लेख गरिएको सिट ब्रिटिस नागरिक विश्वशकुमार रमेश भएको बताइएको छ।
लेस्टरमा रहेका उनका काका अजय भाल्गीले बीबीसीलाई बताएअनुसार रमेशले आफ्नो परिवारलाई फोन गरेर आफू ठीक रहेको बताएका थिए तर विमानमा रहेका उनका भाइ अजय कहाँ छन् भन्ने कुरा उनलाई थाहा छैन।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा रमेश एम्बुलेन्सतिर हिँडिरहेको देखिन्छ, पृष्ठभूमिमा धुवाँ निस्किरहेको छ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ। अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे। उनले दुर्घटनामा अन्य कोही व्यक्ति पनि बाँचेको हुनसक्ने बताए ।