२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण शुरू भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको हो ।

मन्त्रालयले इजरायली आक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा  वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको  जनाएको छ ।​

गाजाका ४४३ वटा  सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ ।

वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठ वटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ ।  ​

जेरुसेलमका छ वटा युएनआरडब्लुए सँग सम्बद्ध स्कूल मे –८ देखि बन्द रहेको जनाइएको छ ।