बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशस्थित आफ्ना कूटनीतिक मिसनहरूलाई नयाँ विद्यार्थी तथा विनिमय (एक्सचेन्ज) भिसाका लागि नियुक्ति तालिका बनाउन नदिन आदेश दिएको छ।
यो निर्णय सामाजिक सञ्जालमार्फत हुने विदेशी विद्यार्थीहरूको विस्तृत जाँच प्रणाली विस्तार गर्न लागिएको सन्दर्भमा आएको हो।
एक आन्तरिक सर्कुलर अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कन्सुलर शाखाहरूलाई यस्तो निर्देशन दिएका रोयटर्सले जनाएको छ ।
‘सामाजिक सञ्जालको समीक्षा प्रक्रिया पूरा भएपछि नयाँ मार्गदर्शन जारी गरिनेछ,’ उनले भनेका छन् ।
ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी कडा नीति लागू गर्ने उद्देश्यले विद्यार्थी भिसा खारेज गर्ने र डिपोर्टेसन (देश निकाला) बढाउने रणनीति अघि सारेको छ। यसै सन्दर्भमा नयाँ भिसा नियुक्ति रोक्ने कदम चालिएको हो ।
यस निर्णयको विरोधमा हार्वर्ड विश्वविद्यालयमा सयौं विद्यार्थी र प्राध्यापकहरूले प्रदर्शन गरेका छन्। उनीहरूले विदेशी विद्यार्थीहरूको पक्षमा आवाज उठाउनुका साथै विश्वविद्यालयको कोष रोक्ने ट्रम्प प्रशासनको प्रयासको विरोध गरेका थिए ।
प्रकाशित सर्कुलरमा उल्लेख भएअनुसार, पहिल्यै तय भइसकेका भिसा अन्तर्वार्ता भने हालको मार्गदर्शनअनुसार यथावत् रूपमा अघि बढ्न सक्नेछ। तर, अहिलेसम्म कुनै विद्यार्थीले लिएका छैनन् भने त्यस्ता उपलब्ध समयहरू तत्काल प्रणालीबाट हटाउन भनिएको छ।