१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। पछिल्लो पटक जापानको मिएगि प्रिफेक्चरमा रहेको शिन-मेइसिन हाइवे र साइतामा प्रिफेक्चरको मिसातो शहरमा भएका दुर्घटना पछि जापानमा विदेशीलाई लाइसेन्स दिंदा कडाइ गर्नुपर्ने बहस चर्किएको छ।

मे महिनाको १४ तारिख साइतामा प्रिफेक्चरको मिसातो शहरमा बिदेशीले चलाएको गाडीको ठक्कर बाट चार बिद्यार्थी घाइते भएका थिए। त्यस्तै मे महिनाको २१ तारिख शिन-मेइसिन हाइवेको एकतर्फी सडकमा गाडी प्रवेश गराउंदा गाडीहरु एक आपसमा ठोकिएका थिए।

साइतामाको मिसातोमा घर फर्किदै गरेका बिद्यार्थीहरुलाइ ठक्कर दिने गाडीका चालक चीनका नागरिक थिए भने हाइवेको एकतर्फी सडकमा गाडी प्रवेश गराउने पेरुका नागरिक थिए। उनीहरु दुबैले आफ्नो स्वदेशी लाइसेन्स मार्फत जापानी लाइसेन्स लिएका थिए।

मिएगि प्रिफेक्चरमा रहेको शिन-मेइसिन हाइवेको एकतर्फी सडकमा प्रवेश गरेको गाडी। तस्बिर : एनएचके

यी दुइ दुर्घटना पछि जापानमा बिदेशी नागरिकले आफ्नो देशको लाइसेन्सलाइ जापानी लाइसेन्समा परिवर्तन (गाइमेन किरिखाए) गर्दा दिइएका सहुलियतमा कडाइ गर्नुपर्ने बहस चर्किएको छ।

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले बैठकनै राखेर बिदेशी लाइसेन्स जापानी लाइसेन्समा परिवर्तन गर्दाका प्रक्रियामा थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘दुवै दुर्घटनाका चालकहरु बिदेशमा लिएको लाइसेन्स जापानी लाइसेन्समा परिवर्तन गरेको पाइएको छ’ बैठक पछि लिबरल डेमोक्रेटिक पार्टीका नीति अनुसन्धान परिषद्का अध्यक्ष ओनोतेरा इचुनोरीले भने ‘त्यसैले यसलाई कडाइ गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’

बिदेशीहरुले आफ्नो स्वदेशी लाइसेन्सलाइ जापानीमा परिवर्तन गर्दा १० ओटा प्रश्न मध्ये ७ ओटा मिलाएर ट्र्याल पास गरेमा जापानी लाइसेन्स प्राप्त गर्न योग्य मानिन्छन। तर, सिधै यहीको लाइसेन्स निकाल्दा तोकिएका बिद्यालयमा भर्ना भइ निश्चित कोर्ष पुरा गर्नुपर्छ। त्यसपछि, लाइसेन्स सेन्टरमा गइ सय ओटा प्रश्नको जवाफ दिएर ९० ओटा प्रश्नको उत्तर मिलाउन अनिवार्य छ।

‘१० ओटा मात्र प्रश्नको परिक्षा र सामान्य रुपमा लिइने ट्र्यालमा केही कडाइ गर्नुपर्छ भन्ने हाम्रो ठम्याई हो’ ओनोतेराले भनेका छन् ‘१० ओटा प्रश्नले बिदेशीहरुको ज्ञान बढाउन सक्दैन, त्यसैको प्रमाण पछिल्ला दुर्घटनाहरु हुन्।’

दुर्घटना पछि दुवै चालकहरु फरार भएका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरि ट्राफिक नियम उल्लघनको अभियोगमा अनुसन्धान गरिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन्।

बिदेशी लाइसेन्सलाइ जापानी लाइसेन्समा परिवर्तन गर्ने बिध्यमान नियमहरुमा के कस्ता परिवर्तन गरिनेछ त्यो चाहिं अहिलेनै भन्न सकिने अवस्था छैन। तर, सत्ताको नेतृत्व गरेको लिबरल डेमोक्र्याटिक पार्टीले ‘कडाइ’ गर्नुपर्ने बहस छेडेकाले कडा नियमहरु अबलम्बन गर्ने निश्चित प्राय छ।

जापानी संचार माध्यमहरु सहयोगमा