१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल सरकारद्वारा आयोजित पहिलो ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा जेठ २–४ मा भएको संवादले हिमाली मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको छ।

संवादले जलवायु वित्तमा समान पहुँच, हिमाली पारिस्थितिकी संरक्षण र जलवायुजन्य हानिनोक्सानीको क्षतिपूर्तिका लागि सामूहिक प्रयासलाई जोड दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवादको शक्ति’ मार्फत चुनौती सम्बोधन गर्नुपर्ने बताए। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालदेखि टापुसम्मका आवाज जोडिएको उल्लेख गरिन्।

३६ देशका ३५० प्रतिनिधि सहभागी संवादमा १२ समानान्तर सत्र र हिन्दु कुश हिमालय क्षेत्रको मन्त्रीस्तरीय बैठक सम्पन्न भयो।

जलवायु संकट, दिगो अर्थतन्त्र र क्षेत्रीय साझेदारीमा छलफल भएको संवादले नेपालको संरक्षण प्रयासलाई विश्वमाझ उजागर गर्‍यो। सरकारले यी मुद्दालाई ताजकिस्तान, कोप–३० र संयुक्त राष्ट्र महासभामा उठाउने जनाएको छ। सन् २०२७ मा दोस्रो संवाद हुने घोषणा गरिएको छ।