१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल सन्न्यास लिएको घोषणा गरेका छन्। इन्स्टाग्राममार्फत कोहलीले यो निर्णय सार्वजनिक गर्दै १४ वर्षे टेस्ट यात्रालाई भावुक रूपमा सम्झेका छन्।

सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका कोहलीले १२३ खेलमा ९२३० रन बनाएका छन्। उनका नाममा ३० शतक र ३१ अर्धशतक छन् भने उच्चतम स्कोर २५४ नटआउट हो। पछिल्लो समय प्रदर्शनमा आएको गिरावटले सन्न्यासको निर्णयमा भूमिका खेलेको अनुमान गरिएको छ।

कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान पनि हुन्, जसले कप्तानीमा ६८ खेलमध्ये ४० जित निकाले।
उनको औसत प्रदर्शन सन् २०११–२०१९ मा ५५ को आसपास रहे पनि पछिल्लो दुई वर्षमा घटेर ३२.५६ पुगेको थियो।

उनको अन्तिम टेस्ट खेल सन् २०२५ को जनवरीमा अस्ट्रेलियाविरुद्ध सिड्नीमा भएको थियो। पाँच टेस्टको शृङ्खलामा कोहलीले आठ पारीमा केवल ९० रन बनाउन सके।

कोहली ‘फ्याब फोर’ भनिने विश्वका चार महान समकालीन टेस्ट ब्याट्सम्यानमध्ये एक हुन्— स्टिभ स्मिथ, केन विलियम्सन र जो रुटसँगै।

उनी ‘किङ्ग कोहली’ उपनामले परिचित थिए र तीनवटै अन्तर्राष्ट्रिय ढाँचामा भारतको प्रमुख ब्याट्सम्यान रहँदै आएका थिए।

यसअघि उनले टि–२० बाट पनि सन् २०२४ को अन्त्यमा बिदा लिएका थिए ।