१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सन् २०३१ बाट शुरू हुने फिफा महिला विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ।

फिफाको कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्दै महिलाको फुटबलमा भइरहेको विकासलाई कदर गर्दै सहभागी राष्ट्र वृद्धि गरिएको जनाइएको छ।

नयाँ ढाँचामा १२ समूह रहनेछन् र कुल १०४ खेल हुनेछन्, जसका कारण प्रतियोगिता एक हप्ता लामो हुनेछ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार यो निर्णयले सदस्य राष्ट्रहरूलाई महिला फुटबल संरचना विकास गर्न थप प्रेरणा दिनेछ।

महिला विश्वकपको प्रारम्भ सन् १९९१ मा १२ टोलीबाट भएको थियो भने सन् २०२३ मा ३२ टोलीले भाग लिएका थिए।

सन् २०२७ को विश्वकप ब्राजिलमा आयोजना हुनेछ।

यसअघि पुरुष विश्वकप पनि सन् २०२६ बाट ४८ टोलीसहित सञ्चालन हुने तय भइसकेको छ।