बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
भारत–पाकिस्तानबीचको तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सक्रियता नदेखाएको विश्लेषण गरिएको छ।
कश्मीरमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमा मिसाइल आक्रमण गर्दा ३१ सर्वसाधारणको ज्यान गएको थियो। संकट चर्किंदै जाँदा ट्रम्पले स्पष्ट कूटनीतिक पहल नगरेका हुन्।
उनले भारत–पाकिस्तानबीच समाधान सम्बन्धित पक्षले नै खोज्नुपर्ने बताएका छन्। अमेरिकाले विगतमा यस्ता द्वन्द्वमा निर्णायक भूमिका खेले पनि ट्रम्प प्रशासन निष्क्रिय देखिएको छ। विश्लेषकहरूका अनुसार ट्रम्पको प्राथमिकता अमेरिकी स्वार्थमा आधारित भएकाले कश्मीर मुद्दामा प्रत्यक्ष लाभ नदेखिएकाले उनी निष्क्रिय रहे।
मोदीसँग ट्रम्पको निकटता, पाकिस्तानको चीनसँगको सम्बन्ध, र अमेरिकी विदेश नीतिमा आएको परिवर्तन पनि यो निष्क्रियताको कारण मानिएको छ। विश्लेषकहरूले ट्रम्पको व्यवहारलाई अमेरिकी कूटनीतिक धार परिवर्तनको संकेत मानेका छन्।
कूटनीतिक रिक्तता र नेतृत्व अभाव
ट्रम्प प्रशासनले परम्परागत अमेरिकी कूटनीतिक भूमिकाबाट आफूलाई अलग राख्ने नीति लिएको छ । यसले विश्व कूटनीतिक प्रणालीमा अमेरिकाको उपस्थिति कमजोर बनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पछिल्लो समय भारत र पाकिस्तानका अधिकारीहरूसँग सम्पर्क राखेका थिए, तर ठोस पहल अथवा मध्यस्थताको प्रयास भने उनले गरेनन् ।
अमेरिकाले विगतमा यस्ता क्षेत्रीय द्वन्द्वहरूमा निर्णायक भूमिका खेल्ने गरेको थियो । सन् २०००, २००८, र २०१९ मा भारत-पाकिस्तानबीच देखिएका धेरै संकटमा वाशिङ्टनले सक्रिय कूटनीतिक भूमिका देखाउँदै दुवै देशबीच संवाद पुनः स्थापना गराएको थियो । तर, अहिले अमेरिकी नेतृत्व आफूभित्रमै सीमित देखिन्छ ।
व्यक्तिगत सम्बन्ध र रणनीतिक प्राथमिकता
ट्रम्पले आफैंलाई ‘विश्वको प्रहरी’ नबन्ने नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् । उनले सार्वजनिक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति सहानुभूति दर्शाउँदै आएका छन् । मोदीसँगको उनको निकटताले अमेरिकी तटस्थतामा प्रश्न उठाएको छ ।
अर्कोतर्फ, पाकिस्तान चीनसँग नजिकिँदै गएको छ । यसले पुरानै अमेरिकी रणनीतिक सन्तुलनलाई उल्ट्याइरहेको छ ।
अहिले भारत र पाकिस्तान दुवै अमेरिकाबाहेकका शक्तिशाली मित्र राष्ट्रहरूमा भरोसा गरिरहेका छन् । भारत अमेरिकी सैन्य र प्राविधिक समर्थनमा निर्भर हुन चाहन्छ, तर राजनीतिक रूपमा ट्रम्पको नेतृत्वप्रति सशंकित छ ।
पाकिस्तान भने आर्थिक र कूटनीतिक हिसाबले चीन, कतार, साउदी अरब र यूएईतर्फ झुक्दो देखिन्छ ।
‘अमेरिकालाई के फाइदा ?’
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय संकटहरूमा संलग्नता जनाउँदा त्यहाँ अमेरिकी स्वार्थ के छ भन्ने प्रश्नलाई प्राथमिकतामा राखिरहेको छ ।
उदाहरणका लागि, युक्रेन र गाजामा ट्रम्पले अमेरिकी स्वार्थलाई केन्द्रमा राख्दै दुर्लभ खानी स्रोत र रियल इस्टेटमा फाइदा खोजेको देखिन्छ ।
यमनमा हुथी विद्रोहीसँगको मुद्दा होस् वा अफगानिस्तानमा तालिबानसँगको वार्ता, कुनै पनि संवाद अमेरिकी सुरक्षा, व्यापार वा सैन्य स्वार्थबाट अलग देखिएको छैन ।
तर, कश्मीर संकटमा यस्तो प्रत्यक्ष आर्थिक वा सैन्य लाभ देखिँदैन । भारत–पाकिस्तान द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस विभाजन कालसम्म फैलिएको छ र यो समस्याले तीनपटक ठूलो युद्ध निम्त्याइसकेको छ ।
अमेरिकाले विगतमा शान्तिपूर्ण समाधान खोज्न कूटनीतिक पहल गरे पनि ट्रम्पको नीति र शैली त्यसबाट पूर्णतः भिन्न देखिएको छ ।
घटनाक्रम र राजनीतिक दबाब
भारतमा अहिलेको संकट प्रधानमन्त्री मोदीका लागि राजनीतिक रूपले पनि संवेदनशील छ । भारतीय भूमिमा भएको आतंकवादी आक्रमणको अवस्थामा भारतको जवाफी कारबाही अपेक्षित थियो ।
पाकिस्तानी भूमिमा भारतले गरेको मिसाइल हमलाले दुई देशबीचको संकटलाई अन्तर्राष्ट्रियकरण गराएको छ ।
पाकिस्तानले ३१ नागरिकको मृत्यु भएको भन्दै आक्रोश प्रकट गरिरहेको छ भने आन्तरिक रूपमा दबाब कम गर्न अन्य देशको समर्थन खोजिरहेको देखिन्छ ।
यसबीच कतार, यूएई र साउदी अरबले पाकिस्तानमाथि आर्थिक दबाबमार्फत थप आक्रमण र प्रत्याक्रमण नगर्न दबाब दिने संकेत गरेका छन् । तर, यी देशहरूले पनि अमेरिकाकै मुख ताकिरहेको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्व शक्ति सन्तुलन परिवर्तन हुँदै गएका बेला ट्रम्पको निष्क्रियता केवल एक व्यक्ति वा प्रशासकीय दृष्टिकोणको प्रतिबिम्ब मात्रै नभएर अमेरिकी विदेश नीतिको पुनः परिभाषाकरणको संकेत पनि रहेको विश्लेषकहरूको भनाइ छ ।
जिमी कार्टर, बिल क्लिन्टन जस्ता अमेरिकाका पूर्वराष्ट्रपतिहरू शान्ति सम्झौताका लागि सक्रिय कूटनीति पहल गर्थे, तर ट्रम्प त्यसबाट टाढा देखिन्छन् ।