बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बहुमतसहितको शानदार जित निकाल्दै प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन्। यससँगै उनले सत्ता कायम राख्न हमेसा कठिन मानिने ‘सत्तारूढको श्राप’लाई तोडेका छन्।
औपचारिक मतगणना अझै बाँकी भए पनि प्रारम्भिक नतिजाले अल्बानिज नेतृत्वको केन्द्र–बामपन्थी लेबर पार्टीले आफ्नो बहुमत थप बलियो बनाउने देखिएको छ। अर्कोतर्फ, विपक्षी कन्जर्भेटिभ लिबरल–नेसनल गठबन्धनले देशव्यापी रुपमा लज्जास्पद हार व्यहोरेको छ।
विजयपछि सम्बोधन गर्दै अल्बानिजले भने, ‘आज अष्ट्रेलियाली जनताले निष्पक्षता, आकांक्षा र सबैका लागि अवसर, कठिनाइमा साहस देखाउने शक्ति र आवश्यक परेका व्यक्तिप्रति दयालु हुने अष्ट्रेलियाली मूल्यमा मतदान गरेका छन्।’
यसचोटि विपक्षी गठबन्धनका नेता पिटर डटनले आफ्नो २४ वर्ष पुरानो निर्वाचन क्षेत्रसमेत गुमाएका छन्। पराजय स्वीकार गर्दै उनले भने, ‘पार्टीको हारको सम्पूर्ण जिम्मेवारी म लिन्छु र आफ्ना सांसदहरूसँग माफी माग्छु।’
यो विजयसँगै अल्बानिजले जनताको विश्वास जित्दै आफ्नो दोस्रो कार्यकाल शुरू गर्न लागेका हुन्। विश्लेषकहरूका अनुसार यो चुनाव परिणामले अष्ट्रेलियाली राजनीति नयाँ दिशातर्फ लान सक्ने संकेत देखिएको छ।