बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको छ ।
उनी बिहीबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उक्त घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच भारतका विदेश मन्त्रालयले साहको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ । ‘हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै केआईआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,’ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि गत फागुनमा सोही कलेजमा रुपन्देहीको भैरहवाकी २१ वर्षीय प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।