१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

​टोकियो । जापानले चीनविरुद्ध बनेको कुनै पनि अमेरिकी नेतृत्वको व्यापारिक गठबन्धनमा सामेल हुन प्रतिरोध गर्ने जनाएको छ। टोकियोका लागि चीनसँगको व्यापारिक सम्बन्ध अत्यन्त महत्वपूर्ण रहेको भन्दै जापानले यस्तो निर्णय गरेको हो।

जापान सरकारका हालका तथा पूर्व अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिँदै भनेका छन् कि जापान अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको भन्सार शुल्क (ट्यारिफ)बाट स्थायी छुट पाउने प्रयासमा केन्द्रित छ। त्यसका लागि जापानले द्विपक्षीय व्यापारका क्षेत्रमा, विशेषगरी अटोमोबाइल र कृषि उत्पादनसम्बन्धी चिन्ताहरू सम्बोधन गर्दैछ।

ती अधिकारीहरूका अनुसार, जापानले हाल लागू भएको ९० दिनको भन्सार छुट अवधि सकिनुअघि अमेरिका सँग सम्झौता गर्न चाहन्छ। एक जना अधिकारीले भनेका छन् कि जापानले आगामी जुन महिनामा हुने समूह-७ (जी-७) सम्मेलनसम्ममा सम्झौता टुंग्याउने लक्ष्य लिएको छ।

यद्यपि, अधिकारीहरूले प्रस्ट पारे अनुसार जापान कुनै हालतमा अमेरिकाको चीनमाथि व्यापारिक दबाब बढाउने रणनीतिमा फस्न चाहँदैन।

चीन हाल जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र आवश्यक वस्तु तथा कच्चा पदार्थको प्रमुख आपूर्तिकर्ता पनि हो। त्यसैले चीनसँगको आर्थिक सहकार्य घटाउने कुनै अमेरिकी दबाबलाई जापानले स्वीकार नगर्ने जनाएको छ।