बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
तीनकुने हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ।
झापाको भद्रपुरबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याएर जिल्ला अदालतमा पेस गरिएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई अनुसन्धानको लागि १२ दिनसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो।
प्रसाईंसँगै उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि सोही अवधि हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। सोही घटनामा संलग्न रही ‘राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त प्रकरणमा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्। घटनालाई लिएर अनुसन्धान अझै जारी छ।