बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । टर्कीको एक अदालतले शुक्रबार हालैको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका ५९ जना युवा प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ ।
यसअघि बिहीबार पनि १०७ विद्यार्थीलाई रिहा गरिएको थियो । उनीहरूले इस्तानबुलका लोकप्रिय विपक्षी नेता र मेयर एकरेम इमामोग्लुलाई जेल सजाय सुनाइएको विरोधमा प्रदर्शन गरेका थिए । इमामोग्लु राष्ट्रपति रेचेप तैय्यप एर्दोगानका मुख्य राजनीतिक प्रतिस्पर्धी मानिन्छन् ।
अदालतले दिएको निर्णयमा पक्राउ परेका विद्यार्थीहरूको अध्ययन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनीहरूलाई रिहा गरिएको उल्लेख गरिएको छ । यो जानकारी केही विद्यार्थीका कानूनी प्रतिनिधिहरूले सार्वजनिक गरेका हुन् ।
इमामोग्लुलाई मार्च १९ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन् । त्यसयता भएका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा करिब दुई हजार जना पक्राउ परेका छन्, जसमा ३०० भन्दा बढी विद्यार्थी रहेका छन् ।
स्थिति नियन्त्रणमा ल्याउन सरकारले इस्तानबुल, अङ्कारा र इज्मिरमा केही समयका लागि प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।
रमजानको चाडपर्व र विश्वविद्यालय बन्द भएपछि प्रदर्शन केही समयका लागि रोकिएको थियो । तर पछिल्लो दिनहरूमा फेरि इस्तानबुल र अङ्कारामा प्रदर्शनहरू शुरू भएका छन्, यद्यपि सहभागी सङ्ख्या केही कम देखिएको छ ।
मुख्य विपक्षी दल रिपब्लिकन पीपुल्स पार्टी (सीएचपी)ले इमामोग्लुलाई राष्ट्रपतीय उम्मेदवारको रूपमा अघि सारेको छ र हरेक सप्ताहन्त देशभरका शहरहरूमा शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेको छ ।