बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । म्यानमारमा गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट मृत्यु हुनेहरूको संख्या ३ हजार ३ सय ५४ पुगेको छ भने झण्डै साढे चार हजार घाइते भएका छन्। सरकारी सञ्चारमाध्यमले शनिबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अझै २२० जना बेपत्ता छन्।
मार्च २८ मा गएको भूकम्पले देशभरका संरचना ध्वस्त पार्दै लाखौं मानिसलाई प्रभावित पारेको छ। संयुक्त राष्ट्रसंघका अनुसार ३० लाखभन्दा बढी नागरिक विपद्को चपेटामा परेका छन्।
देशका धेरै भूभाग अझै अश्रयविहीन छन्। भूकम्पपछि घर नष्ट भएकाले अथवा थप भत्किने डरले धेरै मानिस खुला स्थानमा बस्न बाध्य छन्।
संयुक्त राष्ट्रसंघका शीर्ष सहायता अधिकारी टम फ्लेचरले शनिबार भूकम्पको केन्द्र नजिकको मण्डाले सहरमा पुगेर पीडितहरूसँग भेट गरेका थिए। उनले एक्समा लेख्दै भने, ‘विनाश आश्चर्यजनक छ, विश्व म्यानमारका जनताको साथमा उभिनुपर्छ।’
म्यानमारको सैन्य सरकार प्रमुख मिन आङ ह्लाइङको बैंकक यात्रा र शिखर सम्मेलनमा सहभागिताले विवाद निम्त्याएको छ। प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भन्दै विरोध जनाएका थिए।
सन् २०२१ मा भएको सैन्य कूपछि म्यान्मामा जारी द्वन्द्व भूकम्पपछि पनि नरोकिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्धविरामको घोषणापछि समेत १६ भन्दा बढी आक्रमण भएको रिपोर्ट आएको छ।
चीन, रुस र भारतले उद्धार टोली पठाइसकेका छन् भने अमेरिका पनि सहयोगमा जुटेको छ। अमेरिकाले भूकम्प राहतका लागि थप ७० लाख डलर सहयोग घोषणा गरेको छ।
वर्षौंको लडाइँ र कमजोर पूर्वाधारले भूकम्पपछिको उद्धार तथा पुनः निर्माणमा अन्तर्राष्ट्रिय प्रयासलाई कठिन बनाइरहेको छ।