२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । टर्कीको पश्चिमी तटमा आप्रवासीहरूको डुङ्गा डुब्न थालेपछि बिहीबार नौ आप्रवासीको मृत्यु भएको छ । अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

यो घटना बिहीबार बिहान अयभासिक जिल्लाको तटमा भएको स्थानीय गभर्नरको कार्यालय र तटरक्षकले बताएका छन् ।

‘खोजी र उद्धार प्रयासको परिणाम स्वरूप नौ शव फेला परेका छन् र २५ जना आप्रवासीलाई उद्धार गरिएको छ’, बेपत्ता एक आप्रवासीको खोजी जारी रहेको उल्लेख गर्दै गभर्नरको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।​

आप्रवासीहरूको राष्ट्रियता तत्काल थाहा थिएन ।

सोही दिन ग्रिसको लेस्बोस टापुमा आप्रवासी बोकेको डुङ्गा डुब्दा तीन बालकसहित सात जनाको मृत्यु भएको र २३ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षकले जनाएको छ ।

डुङ्गामा लगभग ३० जना थिए र मौसम सामान्य हुँदा टर्कीको तटबाट छोटो दूरीमा पल्टिएको थियो ।

टर्कीको तटरक्षकको एक स्रोतले एएफपीलाई दुई दुर्घटना असम्बन्धित भएको बताएको छ ।

टर्कीको तट र युरोपेली सङ्घ (ईयू) प्रवेश द्वारका रूपमा काम गर्ने नजिकैका ग्रीक द्वीपहरू सामोस, रोड्स र लेस्बोस बीचको छोटो तर खतरनाक मार्गमा जहाज दुर्घटनाहरू धेरै सामान्य छन् ।