२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रुसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्‌विहीन भएका छन् ।

रुसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ ।

यद्यपि, युक्रेनले भने रुसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ । ‘आज बिहान, अर्को रुसी आक्रमणले खेरसोनको विद्युत् ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्’, युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए ।

फेब्रुअरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत्‌ गृहहरूमा निरन्तर हवाई आक्रमणहरू गरिरहेको छ ।

त्यसैगरी, रुसले पनि युक्रेनलाई रुसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र जापोरिझियामा नयाँ आक्रमणहरू भएका छन् ।

विदेशमन्त्री सिबिगाले अमेरिका र युक्रेनबीच खनिज स्रोतसम्बन्धी सम्झौतामा पनि छलफल भइरहेको जानकारी दिए । सम्झौता भएमा अमेरिकाले युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँच पाउनेछ, जसको बदलामा युक्रेनले थप अमेरिकी सहायता प्राप्त गर्नेछ ।

‘अमेरिकी व्यवसायको उपस्थिति बलियो बनाउनु हाम्रो लक्ष्य हो । त्यसैले हामी अमेरिकी साझेदारहरूसँग मिलेर पारस्परिक रूपमा स्वीकार्य सम्झौता गर्ने प्रयास गरिरहेका छौं’, सिबिगाले भने ।

गत महिना दुवै देशले यो सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए, तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच टेलिभिजन बहसपछि यो प्रक्रिया अवरुद्ध भएको थियो ।